सिन्धुपाल्चोक, वैशाख २८
इन्द्रावती गाउँपालिका भिमटारका सविन दनुवार भोट माग्न आउने नेतालाई आफ्नो गाउँको समस्याका बेलिबिस्तार लगाउँछन् । सिंचाइ नभएर बाँझै बसेको जमिन देखाउँदै गाउँको आवश्यकता पूरा गरिदिनेलाई आफ्नो टोलको भोट दिने विचार राख्छन् । भोट माग्न आउने उम्मेदवार र पार्टी नेता समस्या समाधान गरिदिने आश्वासन दिंदै आफूलाई भोट दिन आश्वासन दिन्छन् । तर दनुवार पत्याउनुहुन्न भन्नुहुन्छ, विगतमा पनि भोट माग्न आउनेले यसै भन्थे ।
मेलम्ची नगरपालिका–९ का दलित बस्तीका विष्णु मिजार सडक र विद्युतको समस्या समाधान गरिदिनेलाई भोट दिने बताउँछन् । भोट माग्न आउने सबैले चुनावपछि दुबै आबश्यकता पूरा गरिदिने बताउँछन् तर जितेर गएपछि फर्कने हो की होइन भन्ने उनीहरुलाई चिन्ता छ ।
सचेत र शिक्षित समुदाय बाहेकका मतदाता प्राय उम्मेदवारसँग भावी नीति र योजना भन्दा तत्काल विकासको अपेक्षा राख्ने गरेको जुगल गाउँ पालिकामा एमालेका तर्फबाट अध्यक्ष उम्मेदवार हुनुभएका होमनारायण श्रेष्ठ बताउँछन् । श्रेष्ठको अनुभवमा प्राय गाउँमा भएका समस्या सुनाउने अवसरका रुपमा उम्मेदवारसँगको भेटको मतदाताले उपयोग गर्ने गरेका छन् । ‘कतै सडक, कतै पाइप कतै विद्युतको पोल यस्तै यस्तै माग सुन्नु पर्छ’, श्रेष्ठले भने, प्राःय गाउँमा हुने अभाव र आवश्यकता तत्काल पुर्ति गर्नुपर्ने मानसिकतामा पनि केही मतदाता भेटिएका छन् । सचेत र शिक्षित मतदाताले भने निित र योजनाका विषयमा छलफल गर्ने गरेको पनि श्रेष्ठले बताए ।
नेपाली काँग्रेसका तर्फबाट इन्द्रावती गाउँपालिका अध्यक्ष उम्मेदवार बंशलाल तामाङ पनि मतदाताको पहिलो शर्त नै विकास हुने गरेको बताउँछन् । ‘सबै ठाउँमा एउटा न एउटा आवश्यकता मतदाताले देखाएकै हुन्छन्,’ तामाङले भने, मतदाताले आफ्नो समस्या उम्मेदवारलाई सुनाउने अवसरको रुपमा लिएको पाइयो ।’ चुनावपछि नेताहरु गाउँ नफर्कने गरेकाले यही बेला आफ्ना माग सुनाउने गरेको अनुभव तामाङले सुनाए । ‘उम्मेदवारसँग जे–जे माग राखेपनि मत हाल्ने कुरामा सर्वसाधारण उत्साहित छन्, तामाङले टेलिफोनमा भने,’ ‘गाउँमा भएका समस्या समाधानको प्रयास गर्नुलाई मैले सकारात्मक रुपमा लिएको छु ।’
भोटेकोशी गाउँपालिका अध्यक्ष उम्मेदवार राजकुमार पौडेल पनि मतदाताको पहिलो शर्त विकास नै हुने गरेको बताउँछन् । नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका पौडेलसँग पनि मतदाताले सडक, विद्युत, खानेपानी लगायतका पूर्वाधार पूरा गर्नुपर्ने शर्त राख्ने गरेका छन् । केही उम्मेदवारको भनाइमा प्राय मतदाताको माग चुनाव अघि नै आफ्नो आवश्यकता पूरा गरेमात्र भोट दिन्छु भन्ने हुने गरेको छ । नाम उल्लेख नगर्ने शर्तमा एक उम्मेदवार भन्छन्, ‘३० गते भित्र यति माग पूरा गर्ने भए भोट दिन्छु भन्छन्, जुन सम्भव नै हुँदैन ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ