पोखरा,नेपाली काङ्ग्रेस पार्टीको खेलकुदसंग सम्बन्धित संस्था लोकतान्त्रिक खेलकुद संघको घोषणा सभा २०७७ माघ २१ गते पोखराको चिप्लेढुङ्गामा बाक्लो उपस्थितिका बिच भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस कास्की जिल्ला कार्यसमितिको प्राङ्गणमा पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघले देशका विभिन्न प्रदेश तथा केन्द्रिय स्तरमा खेलका विविध विधामा दख्खल प्राप्त खेलप्रेमी व्यक्तिहरुलाई विभिन्न पदमा मनोनीत गरेको छ ।
पुर्व मन्त्री बस्नेतको प्रमुख आतिथ्यता रहेको उक्त सभाको सभापतित्व लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनले गर्नुभएको थियो भने नेपाली काङ्ग्रेस केन्द्रिय खेलकुद विभागका सचीव मिनकृष्ण महर्जन लगायत माननीय तथा पुर्व माननीयहरु, कास्की जिल्ला तथा क्षेत्रीय सभापतीहरु, पार्टीका अग्रज नेता गण तथा भातृ शुभेच्छुक संस्थाका पदाधिकारी आतिथ्यता ग्रहण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री बस्नेतले खेलकुद संघका मनोनीत लगायत सिङ्गो टिमलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुको साथै आगामी दिनहरुमा नेपाली काङ्ग्रेस खेलकुद विभागले लोकतान्त्रिक खेलकुद संघ संग सहकार्य गर्दै अगाडी बढ्ने कुरा व्यक्त गर्नुभएको छ ।
उक्त कार्यक्रममा पुर्वमन्त्री बस्नेतले नेपाली काङ्ग्रेस खेलकुद विभागले गरिरहेका कार्यको बारेमा प्रकाश पार्नुको साथै आगामी दिनहरुमा लोकतान्त्रिक खेलकुद संघ संग पनि सहकार्य गरि विविध कार्यक्रमहरु गरिने बताउनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ