सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ आश्विन २०८१ / Monday, 07 October 2024

‘दुःखमा चिन्दैनन्, भोट माग्न आइपुग्छन्’ मतदाता

प्रकाशित समय: बिहिवार, ०५ : २२ बजे बैशाख २८ गते



‘दुःखमा चिन्दैनन्, भोट माग्न आइपुग्छन्’ मतदाता

संवाददाता
सिन्धुपाल्चोक, वैशाख २८

बाह्रबिसे नगरपालिकाको गाती सिगार्चेगाउ“मा चुनावी चहलपहल त्यत्ति उत्साहजनक छैन । दैनिकजस्तो मत माग्न आउने पार्टीपिच्छेको लर्को देखेर बेलबहादुर तामाङलाई झर्को लागिसकेको छ । गाउ“को समस्या राखौला भनेर बाटो कुरिरहेका उनलाई अब नेताप्रति विश्वास छैन ।
‘भूकम्पको बेला भोकभोकै सुतियो, एक गेडो अन्न दिने कोही भएन,’ बेलबहादुरले नेताप्रति कटाक्ष पोखे, ‘अहिले बा“दर कुदेजत्तिकै गरी दौडिदै भोट मलाई भन्दै आउँछन् ।’ उनलाई गाउ“को विकास, समद्धिबारे दलले देखाएको सपना पूरा नगरेकोमा गुनासो छ । कच्ची सडक बल्ल पुगेको गातीमा पायक पर्ने विद्यालय छैन । स्वास्थ्य चौकी पुग्न तीन घण्टा पैदल हिड्नुपर्छ । खानेपानीको मूल सुक्दै गएका छन् ।
‘यो पल्ट कसैलाई भोट हाल्दिन, जे भएपनि होस्,’ ६३ वर्ष पुगेका उनले निराशा पोखे, ‘बिहान बेलुकीको छाक टार्न मुस्किल छ, खै नेताले के गरे ?’ अघिल्लो समय संविधान सभाको चुनावको बेला भोट हालेका उनलाई अब नेताप्रतिको आशा नभएको सुनाए ।
त्रिपुरासुन्दरी गाउ“पालिका अन्र्तगतको चोकटी लाटुकी ७० वर्ष टेकेकी मनमाया थामीलाई चुनावको भन्दा मकै रोप्ने चिन्ता छ । ‘खै चुनाव आयो भन्छन्, मलाई त चासो छैन,’ थामीले टहरामा झुण्डाएको एमाले, राप्रपाको झण्डा देखाउँदै भनिन्, ‘हप्ता दिन अगाडि खै के–के पार्टीको झण्डा झुण्ड्याएर गए, यत्ति हो थाहा भाएको ।’ वैशाखको मकै छर्ने सुरसार गर्न थालेकी उनलाई चुनावबारे जान्न मन लागेको पनि छैन । ‘धेरै नेता आएर सपना देखाउँछन्, खै आजसम्म के चाहिँ भयो र,’ उनले भनिन्, ‘आफ्नो काम नगरी खान पाइदैन ।’
अरुको जग्गामा आश्रय लिएर बसिरहेका पा“चपोखरी थाङपालगाउ“पालिका अन्र्तगतको बरुवा रिटारका भिम गुरुङलाई पार्टी अनि नेताको नाम सुन्नसमेत मन छैन । पहिरोले आफू बसेको जग्गामा जोखिम भएपछि उनको चारजनाको परिवार थाङपालधापमा आएर बसेको थियो । ‘खानु न पिउनु भएको बेला नेता कहाँ गएका थिए,’ उनले दुःख पोखे, ‘दुःखको बेला मद्धत नगर्ने नेता किन चाहियो ।’ उनले अरुको जग्गामा आश्रय लिएर बसेको ३ वर्ष पुगेको बताए ।
पा“चपोखरी थाङपाल गाउ“पालिकामा पर्ने बाँसखर्कका शिव चापगाईले भोट माग्न आएका नेतालाई झपार्न मन लागेको बताए । ‘भोट माग्ने बेलामा कहाँबाट आउने हो कुन्नि,’ चापागार्इंले भने, ‘कष्ट परेको बेला कुनैले चिन्दैनन् ।’ उनलाई घरदैलोमा आइपुगेका नेताहरुको मन्तव्य सुनेर वाक्क लाग्न थालिसकेको छ ।