सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

नेपाल गोल्डेन आइडल सिजन ७ को बिजेता बने ललितपुरका सुमन घिसिङ

प्रकाशित समय: सोमवार, ०६ : १५ बजे माघ २६ गते



नेपाल गोल्डेन आइडल सिजन ७ को बिजेता बने ललितपुरका सुमन घिसिङ

काठमाडौं, नेपाल गोल्डेन आइडलको सातौँ संस्करणको बिजेता कोन्ज्योसोम गाउँपालिका ललितपुरका सुमन घिसिङ बनेका छन्। गायनतर्फ विद्यामा फाइनलमा पुगेका ४ जना मध्ये ३ जनालाई पछि पार्दै घिसिङले नेपाल गोल्डेन आइडलको उपाधि हात पारेका हुन्। बिजेता घिसिङलाई गृहजिल्ला ललितपुरमा नेपाली कांग्रेस ललितपुरले बधाई तथा सम्मान समेत गरेको छ।

 

पोखरामा सम्पन्न भएको फाइनल अडिसनमा गायन तर्फ संखुवासभाका मदन लिम्बु फस्ट रनरअप र खोटाङका किस्मत चाम्लिङ राई सेकेन्ड रनरअप भए।  

त्यस्तै नृत्य विद्यामा फाइनल ५ मध्ये ४ लाई पछि पार्दै दाङकी जेविका रेउले बिजेता बनिन्।कैलालीका नेहारीका बोहोरा फस्ट रनरअप, बाँकेका मनिषा परियार सेकेन्ड रनरअप र काठमाण्डौका आकृति पोखरेल थर्ड रनरअप भए।

 

२०७६ असोज २२ गते काठमाडौं धुम्बाराहीबाट सुरु भएको अडिसन देशका ११ स्थानमा गरि फाइनल अडिसन पोखरामा सम्पन्न गरिएको आयोजक गोल्डेन स्टार मल्टिमिडिया प्रा.लि. ले जनाएको छ। गायन तथा नृत्यमा गरी यो प्रतियोगिताका लागि देशका विभिन्न ११ स्थानमा अडिसन भएको थियो । जसमा गायन र नृत्य विद्यामा गरि ४ हजार ७ सय प्रतिस्पर्धीले अडिसनमा भाग लिएको आयोजकले जनायो।