संवाददाता
सिन्धुपाल्चोक, वैशाख २८
स्थानीय तह निर्वाचनका लागि मनोनयन सकिएलगत्तै उम्मेदवारहरु अनेक नारा लिएर गाउ“ पसेका छन् । अधिकांश दलका उम्मेदवारहरुले भूकम्पपीडितलाई लक्षित गर्दै आर्कषक नारा तय गरेका छन् ।
जिल्लामा क्रियाशिल मुख्य दल कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले प्रचारात्मक अभियानमा ‘हाम्रो अभियान भूकम्पपीडितलाई अनुदान’ भन्ने नारालाई साझा नाराजस्तै बनाएका छन् । सबैजसो उम्मेदवारले भूकम्पपीडितको समृिद्ध र पुनर्निर्माणको विषयलाई नारामा समेटेका छन् । जबकि भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि जिल्लामा पुनर्निर्माणले अपेक्षित गति लिन सकेको छैन । ७४ हजार ९ सय १२ घरपरिवारले पुननिर्माणवापतको पहिलो किस्ता बुझेका छन् भने दोस्रो किस्ताबापतको रकम पाउने जम्मा ४ सय ४३ छन् ।
कांग्रेसका जिल्ला सभापति विकास लामाले पुनर्निर्माणको काम अगाडि बढाउन उम्मेदवारले अहम भूमिका खेल्नुपर्ने भएकाले सबैले भूकम्पपीडित लक्षित नारा तय गरेको बताए । ‘अनुदानबाट छुटेका ३० प्रतिशत भूकम्पपीडितलाई अनुदान दिलाउने र पुनर्निर्माणमा सघाउने हाम्रो मूल नारा हो,’ बाह्रबिसे नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरको उम्मेद्वार बनेका बालकृष्ण बस्नेतले भने, ‘गाउ“गाउ“मा यही नारा लिएर मतदाता रिझाउन लागिपरेका छौ ।’ बस्नेतले हाल बाह्रबिसे नगरपालिको घुम्थाङ, गाती जस्ता विकट गाउ“मा यही नारा लिएर घरदैलो अभियान थालेको बताए ।
एमालेसम्बद्ध उम्मेद्वारहरुले पनि भूकम्पपीडितलाई छिटो अनुदान दिलाउने र पुनर्निर्माणलाई तीव्रता दिने जस्ता विषयलाई चुनावी नारा बनाएको छ । पुनर्निर्माण अगाडि बढाउन र भूकम्पपीडितको समृिद्ध नै प्रमुख नारा लिएर मतदाताको घरदैलोमा पूगेको एमालेका जिल्ला अध्यक्ष झम्क नेपालले बताए ।
माओवादी केन्द्र र राप्रपा सम्बद्ध उम्मेदवारहरुले पनि भूकम्पपीडितको अनुदानलाई नै आफ्नो चुनावी नारा बनाएका छन् । सबैजसो उम्मेद्वारले भुकम्पपीडितलाई केन्द्रमा राखेर नारा तय गरेपनि सिंगो जिल्लामा भूकम्पपछिको पुनर्निर्माणले गति लिन सकेको छैन । बाह्रबिसे नगरपालिका गातीका भुकम्पपीडित टंक शेर्पाले भने, ‘जसले जस्ता नारा ल्याएपनि भूकम्पपीडितको अवस्था दयनीय नै छ ।’
उम्मेद्वारहरुले भने चुनाव आफ्नो पक्षमा परे गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने बताएका छन् । नेपाली कांग्रेसबाट चौतारा साँगाचोकगढी नगरपालिकाका मेयरका उम्मेद्वार केशवराज गिरीले आफूले गरेको प्रतिबद्धता पूरा गर्न कुनै कसुर बाँकी नराख्ने बताए ।
‘भूकम्पपीडितका लागि हामीले सकेको सेवा प्रदान गर्नेछौं,’ चौतारा साँगाचोकगढी नगरपालिकाका एमालेको तर्फबाट मेयरका उम्मेद्वार सोम सापकोटाले भने, ‘हामी सबै भूकम्पपीडित छौं, जिल्लाबासी सबैका लागि राहत हुने खालका एजेण्डा प्रस्तुत गरेका छौं, जुन कार्यान्वयन हुनेछ ।’
भूकम्पपीडितलाई छिट्टै छानोमुनी ल्याउन र पुनर्निमाणलाई तीव्र गतिमा ल्याई सुन्दर नगरीमा बसोबास गराउने माओवादी केन्द्रका मेयरका उम्मेद्वार अमानसिं तामाङले बताए । राप्रपाका पुष्कर ढुंगेलले पनि भूकम्पपीडितका लागि बढीभन्दा बढी सेवा प्रदान गर्न आफ्नो उम्मेद्वारी रहेको बताए ।
चौतारा साँगाचोकगढी नगरपालिकाबाट प्रमुख चार दलसहित नयाँ शक्ति पार्टीबाट रेशम गिरी, नेकपा मालेबाट कृष्णबहादुर ठकुरी र राष्ट्रिय जनमोर्चाबाट तीर्थबहादुर तामाङले मेयर पदमा उम्मेद्वारी दिएका छन् । स्वतन्त्रबाट यो नगरपालिकामा पुन्यलाल श्रेष्ठको उम्मेद्वारी परेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ