पेनोम पेन,कम्बोडियामा प्रधानमन्त्री तथा उच्च नेताहरुले भारतमा उत्पादित कोभिड–१९ बिरुद्धको कोभिशिल्ड खोप लगाएका छन् ।
कम्बोडियामा प्रधानमन्त्री सम्देक हुन सेन उनकी श्रीमति तथा उच्च नेताहरुले भारतले निर्यात गरेको कोभिशिल्ड खोप लगाएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष हेन सम्रीन, संसदका अध्यक्ष से छुम, राष्ट्रिय सभाका उप प्रधानमन्त्री सम्देक हन सम्रीन र विदेश मामिलाको उप प्रधानमन्त्री प्राक सोखोनले कोभिशिल्ड खोप लगाएको कम्बोडियास्थित भारतीय दुतावासले जनाएको हो ।
कम्बोडीयाली प्रधानमन्त्री सम्देक हुन सेनको आग्रहमा भारतले एक लाख डोज खोप निर्यात गरेको थियो । जनवरी २० बाट भारतले छिमेकी मुलुक नेपाल, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, म्यानमार, तथा अन्य विभिन्न मुलुकमा कोभिड १९ को खोप आपुर्ति गरेको छ ।स्रोतः बिजनेस स्टान्डर्डः
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ