ललितपुर,नेपाली कांग्रेस केन्द्रिय खेलकुद बिभाग तथा ललितपुर किकबक्क्सिङ संघको सयुक्तमा चापागाउँमा संचालन हुन लागेको चौथो वीर गणेशमान सिंह स्मृति खुला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता लागि विभिन्न समिति गठन गरेको छ।
उक्त प्रतियोगिताको आर्थिक कमिटीको संयोजकमा नेपाली कांग्रेस केन्द्रिय खेलकुद बिभाग सचिब राष्ट्रिय खेलकुद परिषद पुर्ब कोषाध्यक्ष मीनकृष्ण महर्जन सह संयोजकमा बिनोद महर्जन सचिबमा मथुरा शर्मा रहेको छ।
त्यस्तै अनुगमन समितीको संयोजकमा बिक्रम बहादुर श्रेष्ठ सह संयोजकमा मोहन मल्ल सचिबमा दिनेश घोरासाईने रहेको छ। त्यस्तै सुरक्षा समितिको संयोजकमा दयाराम महर्जन सह संयोजकमा सुरेन्द्र कपालि सचिबमा मनोज डंगोल रहेको छ।
त्यस्तै समारोह समितीको संयोजकमा सुरज श्रेष्ठ सह संयोजकमा पुरुषोत्तम घिमिरे सचिबमा दिपक घिमिरे रहेको छ। त्यस्तै ब्यबस्थापन समितीको संयोजकमा सागर चित्रकार सह संयोजकमा सुनन्द महर्जन(श्याम) सचिबमा मदन महर्जन रहेको छ। त्यस्तै अतिथि सत्कार समितिको संयोजकमा रबि कुमार सिल्वाल सह संयोजकमा द्वारिका श्रेष्ठ सचिबमा सरोज मेहेर कायस्थ रहेको छ।त्यस्तै रेफ्री कमिटीको संयोजकमा राजेन्द्र कपालि सह संयोजकमा महेश रंजित सचिबमा दिपक श्रेष्ठ रहेक छ।
त्यस्तै प्रचार प्रसार समितिको संयोजकमा राजु बस्नेत सह संयोजकमा केदार नाथ दहाल सचिबमा रमेश प्रसाद घिमिरे रहेको प्रतियोगिता संयोजक मीन कृष्ण महर्जनले बताए। उक्त प्रतियोगिताको समुट्घाटन पुर्ब प्रधानमन्त्री एबम नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले गर्ने र पुरुस्कार बितरण नेपाली कांग्रेस महामन्त्री एबम पुर्ब गृहमन्त्री पुर्ण बहादुर खड्काले गर्ने ललितपुर किकबक्सिङ संघ अध्यक्ष पुर्ब राष्ट्रिय खेलाडी बिनोद महर्जनले बताए।
प्रतियोगिता चैत्र २६, २७ र २८ गते ३ दिन चल्ने छ। उक्त प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी शसत्र प्रहरी, कराते तेक्वान्दो उसु बक्सिङ मुआई थाई फुल कन्ट्याक्ट कराते आईटिएफ किकबक्सिङ र रेज क्लब गरी २ भन्दा बढी खेलाडीहरुले सहभागीता जनाउने प्रतियोगिता सह संयोजक ध्रुब खनालले बताए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ