लण्डन । विश्वमा सबैभन्दा धेरै भारतमा चार करोड भन्दा धेरै मानिसले कोभिड १९ बिरुद्ध खोप लगाएका छन् ।
भारतमा करिब चार करोड भन्दा धेरै मानिसले न्युनतम एक डोज खोप लगाएका छन् । भारतमा स्वास्थ्यकर्मी, सरसफाई कर्मचारीहरुलाई प्राथमिकतामा राख्दै जनवरि १६ देखि खोप लगाउन शुरु गरेको हो । त्यस्तै, मार्च एक देखि सर्वसाधारणमा पनि खोप लगाउन जारी गरिएको छ । भारतले कोभाक्सिन र कोभिशिल्ड दुई खोपहरु उत्पादन गरी प्रयोग गरिरहेको छ । हालसम्म भारतमा एक करोड एघार लाख बढी मानिसहरु कोभिड १९ संक्रमित भएका छन् भने एक लाख ५७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । यधपी, महाराष्ट्र, केरला, पञ्जाब, कर्नाटका, गुजरात, तमिलनाडु र मध्य प्रदेशमा संत्रमण दर उल्लेख्य रुपमा घटेको छ । विश्वको ६० प्रतिशत खोप उत्पादन गरिरहेको भारत खोप उत्पादनको मुख्यकेन्द्र बनेको छ । भारतमा आगामी जुलाई अन्तिम सम्म २५ करोड मानिसमा ५० करोड डोज खोप लागाउने योजना रहेको सरकारले बताएको छ । स्रोत बीबीसी
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ