सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ६ मंसिर २०७५ / Thursday, 22 November 2018

पाण्डे पहिलो निर्वाचित महिला प्रमुख

..
प्रकाशित समय: मगलवार, ०८ : २१ बजे जेठ २ गते



 पाण्डे पहिलो निर्वाचित महिला प्रमुख

नवलपरासी ३ जेठ , नवलपरासीको हुप्सेकोट गाउँपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसकी नेतृ लक्ष्मी पाण्डे बिजय भएकी छन् । स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा बिजयी हुने पाण्डे पहिलो निर्वाचित महिला प्रमुख हुन् । नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेकी नेतृ लक्ष्मी पाण्डे कुल ४५९२ मत प्राप्त गरी प्रमुख पदमा बिजयी भएकी हुन् । प्रत्यासी नेकपा एमालेका उमेदवार मेघ बहादुर पुलामीले ४३५८ मत प्राप्त गरेका छन् । निर्वाचनको मत परिणाम घोषणा अनुसार उनी पहिलो महिला प्रमुख भएको निर्वाचन आयोगले जनाएको छ ।