ललितपुर ९ जेठ ललितपुर महानगरमा २९ वटा वडा छन् जस मध्ये धेरै वडामा एमालेले जिते पनि ललितपुरका जनता बिच लोकप्रिय मानिएका चिरिबाबु महर्जनले ललितपुर महानगर पालिकाको पहिलो मेयर बन्ने सौभाग्य पाएका छन् । एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई ३६५ मतले पछि पार्दै महर्जन मेयरमा निर्वाचित भएका हुन् । उनले २४,६६६ मत प्राप्त गरेका थिए भने उनका निकतम प्रतिस्पर्धि व्यञ्जनकारको २४,३०१ मत प्राप्त भएको थियो । त्यस्तै उपमेयरमा नेपाली काँगे्रसका उम्मेदवार गिता सत्यालले भारी मतका साथ जित हासिल गरिन् । उनले १९,२३६ मत प्राप्त गरेकी छिन् भने उनका निकटम प्रतिद्धन्दी साझा पार्टिकी शोभा शाक्यले १४,४३३ मत प्राप्त गरेकी छिन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2024. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--