भक्तपुर १० जेठ, काठमाण्डौ उपत्यका भित्र मात्र सिमित रहेको साझा बस यातायात सेवा बुधवार वाट भक्तपुरमा पनि सुरु गरिएको छ । उपत्यकामा रहेका जिल्ला ललितपुर र भक्तपुरमा साझा यातायात सेवा सञ्चालन गर्न साझा यातायातले ६ महिना अघि देखि पहल थालेको भएता पनि स्थानिय माइक्रोबस, मिनिबस सेवा समितिले बिरोध गरेका कारण यातायात सञ्चालनमा आउन सकेको थिएन । यातायात व्यवस्था विभागवाट रुत परमित पाए पछि भक्तपुरको जडिबुटि, लोकन्थली, कौशलटार, गठृाघर, नयाँ ठिमी, श्रृजनानगर, सल्लाघारी हुंदै सुर्य विनायक सम्म सेवा सुरु गरेकोछ । सुर्य बिनायकवाट सोहि रुट हुंदै पुनः कोटेश्वर, बानेश्वर हुंदै पुरानोबसपार्क सम्म चल्ने तथा भक्तपुरका बिभिन्न स्थानको रुट मिलाई हाललाई २० वटा बस सञ्चालनमा ल्याउने साझा यातायातका कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले बताउनु भयो । साझाबस बिहान ६ बजे देखि बेलुकी ९ बजे सम्म चल्ने, न्यूनतम भाँडा १३ रुपैया र अधिकतम भाँडा रु २५ ताकिएको साझा यातायातका कर्मचारीले बताएका छन् । बृद्ध अपाङ्गमैत्री सुविधा सम्पन्न साझा बस सञ्चालनले भक्तपुरबासीलाई हर्षित बनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ