सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

सात हजार ४४८ जना कोरोना भाइरस सङ्क्रमित

प्रकाशित समय: सोमवार, ०७ : ५९ बजे बैशाख २० गते



सात हजार ४४८ जना कोरोना भाइरस सङ्क्रमित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा आज मात्र सात हजार ४४८ जना कोरोना भाइरस सङ्क्रमित भएकोमा तीन हजार ६६६ जना काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँ जिल्लामा दुई हजार ९२२, ललितपुरमा ५२२ र भक्तपुरमा २२२ जना सङ्क्रमित भएका छन् । आज देखिएका सङ्क्रमित अहिलेसम्मकै देशभरिमा र उपत्यकामा सबभन्दा बढी हो । अहिलेसम्म नेपालमा तीन लाख ४३ हजार ४१८ सङ्क्रमित भएका छन् । आज एकै दिन ३७ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।