काभ्रे । कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा आज सात जनाको मृत्यु भएको छ ।
धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत तीनको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरका ७८ वर्षीय, बनेपाका ४२ वर्षीय र ६२ वर्षीया, पनौती नगरककी ८० वर्षीया, भक्तपुरका ६२ वर्षीया र ६७ वर्षीय तथा महोत्तरी, जलेश्वरका ५० वर्षीया छन् ।
मण्डनदेउपुरका एक पुरुषको काठमाडौँको मेडिसिटी अस्पतालमा आजै मृत्यु भएको छ ।
पछिल्लो घटना विवरणानुसार कोरोना सङ्क्रमण भएको थाहा नभई घरमै बसेर शारीरिक अवस्था निकै कमजोर भई आएकाको अस्पताल आएको एकै दिनमा मृत्यु हुने गरेको केन्द्रले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ