नेपाल पत्रकार महासंघको अधिवेशन तेश्रो पटक सरेको छ । स्थानीय तहको निर्वाचन अगावै मिति तय गरी घोषाणा गरिएकोमा निर्वाचन आयोगले निर्वाचनलाई प्रभाव पार्ने भनी महाधिवेशन रोक्न महासंघलाई पत्राचार गरिएको थियो । महासंघको १२ औं बैठकले जेठ २० गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर जेठ ३१ मा दोश्रो तहको निर्वाचन हुने भए पछि पत्रकार महासंघको २०७४ जेठ १० गतेको १३ औं पूर्ण बैठकले नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन व्यावसायीक पत्रकारीताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार भन्ने मूल नारा सहित २०७४ असार २२ र २३ गते काठमाण्डौको प्रज्ञाभवनमा गर्ने निर्णय गरेको छ । दोश्रो चरणको निर्वाचनमा हुने विशेष परिस्थिति र त्यसको संबेदनशीलतालाई पत्रकारहरुले स्थलगत रिपोर्टिङ्ग र समाचार कक्षमा निर्वाह गर्नु पर्ने विशेष दायित्व एवं तयारीको प्राविधिक पक्षलाई समेत मध्यनजर गर्दै महासंघको २५ औं महाधिवेशन यस अघि ताकिएको मिति जेठ २० गतेको सटृा नयाँ मिति असार २२ र २३ मा गर्ने निर्णय गरेको महासंघका महासचिव उजिर मगरले प्रेश बिज्ञप्ति मार्फत जनाएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ