सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

आठ हजार ६५९ सङ्क्रमित थपिए, ५८ को निधन

प्रकाशित समय: बुधवार, ०७ : ३८ बजे बैशाख २२ गते



आठ हजार ६५९ सङ्क्रमित थपिए, ५८ को निधन


काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप आठ हजार ६५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  


यो अवधिमा पिसीआर विधिबाट आठ हजार ६०५ र एन्टिजेन विधिबाट ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । 
 

पिसीआर विधिबाट २० हजार ७५६ र एन्टिजेन विधिबाट ६१६ गरी २१ हजार ३७२ को स्वाब परीक्षण गरिएको थियो । 


अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार ३५२ पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन लाख ५९ हजार ६१० पुगेको छ ।

कोरोना सङ्क्रमण भएका चार हजार ७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् ।

 आइसीयुमा ६०० र भेन्टिलेटरमा १५६ जना उपचार गराइरहेका छन् ।
 
५८ को निधन

कोरोना भाइरसको सङ्क्रमणबाट गत २४ घण्टामा ५८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 


नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ४७५ पुगेको छ । 


यस अवधिमा एक हजार ९९३ जना कोरोना मुक्त भएका छन् । 

हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ८९ हजार ७८३ पुगेको मन्त्रालयले जनाएको छ । 

 

काठमाडौँ उपत्यकामा तीन हजार ८२५ मा सङ्क्रमण

 

काठमाडौँ उपत्यकामा तीन हजार ८२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

 

काठमाडौंँमा दुई हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ । 

 

 

एकै दिन काठमाडौँ उपत्यकामा १५ जनाको मृत्यु भएको छ ।