सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ४ आश्विन २०८० / Thursday, 21 September 2023

जेठ ३१ को निर्वाचनलाई काँग्रेसको तयारी



प्रकाशित समय: मगलवार, ०७ : ४५ बजे जेठ ९ गते



जेठ ३१ को निर्वाचनलाई काँग्रेसको तयारी

ललितपुर ९ जेठ पहिलो चरणको निर्वाचन बैशाख ३१ मा सकिए संगै देशका ठूला दलाहरुलाई दोश्रो चरणको निर्वाचरनमा उमेदवारहरु चयन गर्न हम्मे हम्मे परेको छ । बैशाख ३१ को निर्वाचन परिणामवाट असन्तुष्ट बनेको नेपाली काँग्रेसले दोश्रो चरणमा हुने ४८३ (२२ वटा स्थानिय तह थप्ने सरकारी निर्णय) स्थानीय तहको निर्वाचनका लागि पार्टिको तर्फवाट सर्ब सम्मत रुपमा उम्मेदवार चयन गर्न जेष्ठ १२ गतेको मिति तोकि जिल्ला कार्य समितिलाई निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरमा लोकप्रिय रहेको आफु र पार्टिलाई जिताउन सक्ने खालका उम्मेदवारहरुलाई पार्टिले टिकट दिने तयारी गरेको छ । पहिलो चरणको निर्वाचनमा दोश्रो स्थान पुग्नुका कारण औल्याउदै यस चरणको निर्वाचनमा हाम्रालाई भन्दा राम्रालाई टिकट दिनु पर्ने नेपाली काँग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्र वहादुर काकीले बताउनु भयो ।