सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

प्रकाशित समय: बिहिवार, ०३ : ०३ बजे बैशाख २३ गते



वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । 

 

काठमाडौं न्यूरो तथा जनरल हस्पिटल, सुन्धारामा उहाँको निधन भएको हो ।

 

छातीमा समस्या देखिएपछि बिहीबार बिहान न्यूरो अस्पताल भर्ना गरिएको उहाँको केहीबेरअघि निधन भएको गायक शिव परियारले जानकारी दिए । 

 

प्रधानको घुम्तिमा नआउँ है, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरि लगायत दर्जनौं गीतहरू चर्चामा छन् ।

 

उनको निधनपछि कलाकार, गायकगायिका लगायतको समवेदना प्रकट गरेका छन् ।

 

प्रधान सिन्धुपाल्चोकमा जन्मिएका हुन् ।