सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १९ मंसिर २०८१ / Wednesday, 04 December 2024

महांकाल गाउँपालिकाका जननिर्वाचित प्रतिनिधीहरुले लिए सपथ

प्रकाशित समय: सोमवार, ०८ : ०४ बजे जेठ ८ गते



महांकाल गाउँपालिकाका जननिर्वाचित प्रतिनिधीहरुले लिए सपथ

ललितपुर जिल्लाको महाँकाल गाउँपालिकामा रहेका ६ वटा वडाका बिजयी वडा प्रमुख महिला सदस्य दलित महिला सदस्य र खुल्ला सदस्यहरुले गाउँपालिका प्रमुख र उपप्रमुख संगै ५ बर्षे कार्यकालका लागि सपथ लिएका छन् । प्रमुख निर्वाचन अधिकृत ध्रुव कुमार ढकालले वहांहरुलाई सपथ खुवाउनु भएको हो । वडा नं १ बुखेलवाट माओवादी केन्द्रका खोम प्रसाद गौत्तम, वडा नं २ मानिखेलवाट एमालेका सान्चामान लामा, वडा नं ३ गोटीखेलवाट एमालेकै गंगाराम तिमिल्सीना, वडा नं ४ कालेश्वरवाट एमालेका शान्त प्रसाद गौत्तम, वडा नं ५ चन्दनपुर वाट नेपाली काँग्रेसका खोम प्रसाद दाहाल र वडा नं ६ ठुलादुर्लुङ्गवाट एमालेका रामकृष्ण आचार्य सहित  पालिका प्रमुखमा रामचन्द्र दाहाल (एमाले), उपप्रमुखमा कमला तामाङ्ग (एमाल)े बिजयी भएका थिए । प्रमुख उपप्रमुख  र ६ वटा वडाका वडा अध्यक्षहरुलाई प्रमुख निर्वाचन अधिकृत ध्रुव कुमार ढकालले सपथ खुवाउनु भएको थियो  सपथ ग्रहणको भिडियो हेर्नु होस

 

 

 

भने बांकि सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृतको रोहवरमा पालिका प्रमुख रामचन्द्र दाहालले सपथ खुवाउनु भएको थियो । सपथग्रहण कार्यक्रममा महाँकाल गाउँपालिकाका कार्यकारी अधिकृत कार्तिका यादव ६ वटै वडाका वडा सचिब र कार्यालय सहायकहरुको उपस्थिती रहेको थियो ।