ललितपुर ११ जेठ, ललितपुर जिल्लाको स्थानीय तह मध्ये दुर्गममा पर्ने बाग्मती गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विर बहादुर लोप्चनले ३३८८ मत प्राप्त गरी बिजयी भएका थिए । त्यस्तै, उपप्रमुखमा काँग्रेसकै रञ्जना घिमिरे तिमल्सिना ३४२६ मत प्राप्त गरी बिजयी भएकी थिइन । उनीहरु बाहेक ७ वडामध्ये ४ वटा वडामा नेपाली काँग्रेस र ३ वटा वडामा एमालेले जितेको थियो । बिजयी उम्मेदवारहरुलाई निर्वाचन कार्यालयका निर्वाचन अधिकृत रोशनी कुमारी श्रेष्ठले सपथ खुवाउनु भएको थियो । पालिका प्रमुखमा विजयी विर बहादुर लोप्चनले शपथ लिएपछि वाग्मती गाउँपालिकाका कार्यकारी अधिकृत भावना पुडासैनीले प्रमुख र उपप्रमुख दुबैलाई पदभार ग्रहण गराउनु भएको थियो । पालिका प्रमुख पदभार सम्हाल्नु भएका लोप्चनले तत्कालै बाग्मती गाउँपालिकाका सबै गिम्दी, आश्राङ्ग, प्यूटार, माल्टा, भट्टेडाँडा, इकुडोल, घुसेलका वडामा सडक सञ्जाल पुर्याउने, प्रत्येक घरघरमा खानेपानीको व्यवस्था मिलाई मिटर सिस्टममा पानी वितरण गर्ने २०७२ को विनाशकारी भुकम्पबाट क्षती पुगेका पुननिर्माण प्राधिकरणको राहत कार्यक्रममा छुट भएका वास्तविक भुकम्प पिडितको पहिचान गरी राहतको व्यवस्था मिलाउने, प्रत्येक वडामा खेलकुद अभ्यासको लागि खेलकुद मैदानको निर्माण गर्ने र सातवटै वडामा रहेका महिला, दिदीबहिनीहरुलाई सहकारी मार्फत वहाँहरु लक्षित कार्यक्रम ल्याउने निर्णय गर्नुभयो । ललितपुरको विगत क्षेत्र भएका कारण यहाँको पहिलो प्राथमिक भनेको सडक सञ्जाल भएकाले पालिकाले पहिलो निर्णय सडक विस्तार गर्ने भएको पालिका प्रमुख लोप्चनले बताउनु भयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2024. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--