सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ आश्विन २०८१ / Monday, 07 October 2024

प्रेस युनियनले २६ औं स्थापना दिवस मनायो

प्रकाशित समय: शनिवार, ०८ : ४९ बजे जेठ १३ गते



प्रेस युनियनले २६ औं स्थापना दिवस मनायो

काठमाडौँ  १३ जेठ, आज नेपाल प्रेस युनियन केन्द्रिय कार्य समितिले नेपाल प्रेस युनियनको अभियान भौतिक र पेशागत सुरक्षा सहित पत्रकारको सम्मानजनक पहिचान भन्ने मूल नाराका साथ नेपाल प्रेस युनियनको २६ औं स्थापना दिवस तथा रजत वर्षको समापन समारोह एवं संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचनमा प्रेसको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । कार्यक्रमको सभापतित्व गर्नुभएका युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देलले कार्यक्रमको शुरुमा बोल्नु हुदैं प्रेस युनियन एउटा यस्तो संस्था हो, यसले जहिले पनि प्रजातन्त्र र लोकतन्त्रको बारेमा कलम चलाउने गर्दछ । यो युनियनको जिम्मेवारी पनि हो भन्दै महासंघको जिम्मेवारी लिएका साथीहरुले आफू आवद्घ संघठनभन्दा माथि उठ्नुपर्ने बताउनुभयो किनकी पत्रकारहरुको छाता संगठन भनेको पत्रकार महासंघ मात्र हो भन्नु भयो । कार्यक्रमका अतिथी, पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले शुभकामना मन्तव्य राख्दै नेपालको राजनैतिक परिवर्तनमा प्रेस युनियनको ठूलो भूमिका रहेको उल्लेख गर्दै पत्रकारहरुले स्वतन्त्र पत्रकारीता गरे मात्र लोकतन्त्रको संस्थागत विकास हुने बताउनु भयो । सांसद रामहरी खतिवडाले नेपाली कांग्रेस भित्रका गल्ती, कमजोरी सच्चाएर अघि बढे दोश्रो चरणको निर्वाचनमा कांग्रेस पहिलो हुने विश्वास व्यक्त गर्नुभयो । कांग्रेसले गरेका सकारात्मक कामको प्रचार प्रेस युनियलने गर्नुपर्ने बताउनु भयो । कार्यक्रमका आकर्षकको रुपमा नेपाल सरकारका स्वास्थ्य मन्त्री, नेपाली कांग्रेसका केन्द्रिय सदस्य, चुनाव प्रचार प्रसार उपसमितिका सह संयोजक समेत रहनुभएका युवा नेता गगन थापाले बोल्नु हुदैं स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरुले आफू खुशी बाँडिने बजेटले देशलाई भार बढ्ने हुंदा वास्तविकतालाई हेरी बजेट व्यवस्थापन गर्नुपर्ने र यस्ता कार्यमा पत्रकारहरुले उनीहरुलाई ध्यानाकर्षण गराउनुपर्ने बताउनु भयो । मन्त्री थापाले अब बन्ने सरकारमा एमालेलाई पनि संगै लिएर सहमतीको सरकार बनाउनुपर्ने, सरकार चलाउन गार्हो भएतापनि संविधानमा उल्लेखित ३ वटै निर्वाचन गराउन संविधान संसोधनको आवश्यकता पर्ने हुदा त्यसको लागि सहज वातावरण श्रृजना हुने बताउनु भयो । निर्वाचनमा भाग लिन्न भन्ने मधेसी दल र संसद अवरुद्घ गर्ने एमालेलाई साथमा लिई निर्वाचनमा संगै लाने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउनु भयो । भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रमेश लेखकले आजको प्रेस जगतको मुद्घा भनको मर्यादित प्रेस आजको आवश्यकता रहेको औल्याउनु भयो । अब देशमा दुईवटा एजेण्डा लिएर अघि बढ्नुपर्ने विकल्प नभएको उल्लेख गर्दै, पहिलो एजेण्डा संविधान कार्यान्वयन र दोश्रो एजेण्डा समृद्घि र विकास भएकाले सबै दल एकजुट भई यसमा लाग्नुपर्ने बताउनु भयो । एमालेले संसद अवरुद्घ पारी गैर संसदिय चरित्र देखाएको बताउनुभयो । आफूले हस्ताक्षर गरेको संविधानमा जेठ १५ गते भित्र ल्याइसक्नुपर्ने बजेट ल्याउन नदिइ संसद अवरुद्घ गरेर गैर चरित्र प्रस्तुत गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले नेपाली कांग्रेस भित्र भएको राजनैतिक र प्रावधिक कमजोरीलाई सुधारदै दोश्रो चरणको निर्वाचनमा अघि बढे कांग्रेस १ नम्बरको पार्टी बन्ने उल्लेख गर्नुभयो । समृद्घ नेपाल बनाउन नेपालमा भएका श्रोत र साधनको प्रयोग गरे पुग्ने कुरा राख्नुहुदैं धेरै सम्भावना बोकेको देश नेपाल हो र यसभित्र शान्ति र समृद्घि दुबै भएको बताउनुभयो । शुभकामना मन्तव्य राख्नुहुदैं डा. कोइरालाले पत्रकार पनि एक नागरिक भएको कारणले उसलाई पनि राजनैतिक विषयमा सोच्ने अधिकार भएकोले कांग्रेसको पक्षमा कलम चलाउने अधिकार रहेको बताउनुभयो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि लगाएत सम्पूर्णलाई युनियनका उपाध्यक्ष बाला अधिकारिले धन्यवाद तथा शुभकामना मन्तव्य राख्नु भयो । कार्यक्रम संचालन, प्रेस युनियन केन्द्रिय कार्य समितिका महासचिव अजय बावु शिवाकोटीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न जिल्लाका प्रेस युनियनका पदाधिकारीहरु, राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधी, पत्रकार, पूर्व पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।