सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ४ आश्विन २०८० / Thursday, 21 September 2023

ललितपुर पत्रकारको नेतृत्व हस्तान्तरण



प्रकाशित समय: शनिवार, ०९ : ३४ बजे जेठ १३ गते



ललितपुर पत्रकारको नेतृत्व हस्तान्तरण

ललितपुर १३ जेठ, नेपाल पत्रकार महासंघले आज जिल्ला समन्वय समिति ललितपुरको हलमा एक कार्यक्रम गरी नेतृत्व हस्तान्तरण गरेको छ । कार्यक्रमको अध्यक्षता लेखनाथ न्यौपानेले गर्नुभएको थियो । प्रमुख अतिथिको रुपमा सूचना तथा सञ्चार मन्त्री राम (सुरेन्द्र) कार्की उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथिको हातबाट नयाँ कार्य समितिका अध्यक्ष  ज्ञानप्रसाद पौडेललाई बिजयी प्रमाण पत्र वितरण गर्दै नयाँ नेतृत्व हस्तान्तरण भएको जानकारी गरियो ।  नयाँ कार्य समितिका सम्पूर्ण पदाधिकारीहरुलाई पत्रकार महासंघका महासचिव उजिर मगरले टिका, महासंघका केन्द्रिय उपाध्यक्ष खिला बहादुर भण्डारीले खादा र मन्त्री कार्कीले प्रमाण पत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा प्रदेश पार्षद, केन्द्रिया पार्षदहरुलाई पनि प्रमाण पत्र वितरण गरिएको थियो । प्रमाण पत्र वितरण पछि बोल्नुहुदैं विशेष अतिथिका रुपमा रहनुभएका उपाध्यक्ष खिलाबहादुर भण्डारीले राजनैतिक दलबाट प्रभावित पत्रकार पेशा प्रति जवाफदेही छ की छैन भन्ने भन्दा पनि उसको पेशा मूल पत्रकारीता हो की होइन भन्ने जन गुनासोलाई अन्त्य गर्नुपर्ने बताउनु भयो । प्रमुख अतिथि मन्त्री कार्कीले पत्रकारहरुको हक, हितको लागि आफूले मन्त्रालाय सम्हालेपछि धेरै विषयमा सम्बोधन गरेको र आफू मन्त्रीपदबाट हटे पनि ती कार्यक्रमहरु कार्यान्वनका लागि अगाडी बढाइ सकेको बताउनुभयो । पूर्व अध्यक्ष लेखनाथ न्यौपानेले प्रमुख अतिथि, विशेष अतिथिलाई महासंघ ल.पु.को तर्फबाट मायाको चिनो प्रदान गर्नुभयो । कार्यक्रमको अन्तमा पुरानो कार्य समितिले संचालन गरेको माइनुट नयाँ नेतृत्व सम्हाल्नु गर्नुभएका  अध्यक्ष ज्ञानप्रसाद पौडेललाई हस्तान्तरण गर्दै कार्यक्रम समापन गरिएको थियो ।