ललितपुर ८ जेठ, महांकाल गाउपालिका प्रमुख रामचन्द्र दाहालले निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत धु्रब कुमार ढकाल संग सपथ लिए संगै गाउँपालिका प्रमुखको कार्यभार सम्हालेका छन् । २०७४ जेठ ५ गते सपथ लिनु भएका दाहालले जेठ ८ गते पदभार ग्रहण गर्नु भएको हो । महांकाल गाउपालिकाका कार्यकारी अधिकृत कात्तिका यादबले वहाँलाई पदभार ग्रहण गराउनु भएको हो । उहाँ संगै उपप्रमुख कमला तामाङ्गले पनि पदभार ग्रहण गर्नु भएको छ । दाहालले पदभार ग्रहण गरे लगत्तै दुई वाट निर्णय गरी उक्त निर्णयमा हस्ताक्षर समेत गर्नु भयो । उहाँले गाउँपालिकाका ६ वटै वडामा इन्टरनेट सुविधा सहितको सुविधा सम्पन्न कार्यालय व्यवस्थापन गर्ने निर्णय गर्नु भयो । निर्वाचनका लागि तयार पारेका प्रतिवद्धता अनुसार योजनावद्ध तरिकाले विकास निर्माण अगाडि बधाईने निर्णय गर्नु भयो । त्यसै गरी वडा नं ६ ठुलादुर्लुङ्ग, वडा नं ५ चन्दनपुर र वडा नं ४ कालेश्वरका स्थानिय जनताहरुलाई लाभान्वित हुने गरी दुर्लुङ्ग खोला करिडोरको ट्रयाक खोल्ने निर्णय गर्नु भयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ