सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ७ फाल्गुन २०८१ / Wednesday, 19 February 2025

प्युठानमा आमासहित छोराछोरी वनमा झुण्डिएको अवस्थामा फेला  

प्रकाशित समय: मगलवार, ०६ : ५७ बजे जेठ ११ गते



प्युठानमा आमासहित छोराछोरी वनमा झुण्डिएको अवस्थामा फेला  

प्युठान । प्युठानमा एकाघरका आमा सहित छोराछोरी मृतावस्थामा जङ्गलमा भेटिएका छन् । प्युठान नगरपालिका –२  चितिखोलाका २६ वर्षीया गायत्री सुनार, उनीका दुई वर्षीय छोरा र  पाँच वर्षीया छोरी आज मृत भेटिएका हुन् । 


 जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार प्युठान नगरपालिका– १ स्थित चेरनेटा नजिकका जङ्गलमा झुण्डिएका अवस्थामा तीनैजनालाई  फेला परेको हो । 


सोमबार साँझ स्वर्गद्वारी नगरपालिका –८ स्थित हदचौरमा माइतीजान  भनेर घरबाट गायत्री निस्केनुभएको उहाँका ससुरा गिरबहादुर सुनारले बताउनुभयो । उहाँले छोरा  रोजगारीका लागि भारतमा रहेको जानकारी दिनुभयो  । 


ती शव  पोष्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गैरेले जानकारी दिनुभयो ।