सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १९ मंसिर २०८१ / Wednesday, 04 December 2024

४३ वर्षपछि जिल्लामै शल्यक्रिया

प्रकाशित समय: बिहिवार, १० : २८ बजे जेठ १८ गते



४३ वर्षपछि जिल्लामै शल्यक्रिया

सिन्धुपाल्चोक, १८ जेठ, स्थापनाको ४३ वर्षपछि जिल्ला अस्पताल चौतारामा शल्यक्रिया शुरु गरीएको छ । जेठ १२ गते औपचारीक उद्घाटन गरेपछि २ जना विरामीको शल्यक्रिया गरीएको हो ।
जिल्ला अस्पतालमा १ जना प्रसुती र १ जना एपेन्डिक्स विरामीको सफल शल्यक्रिया गरीएको अस्पतालका सर्जन डा. सुरेन्द्र शाक्यले जनाएका छन् । वि.संं. २०३१ सालमा स्थापना भएको अस्पतालमा यस अघि पनि शल्यक्रियाको प्रयास गरीएता पनि शुरु गर्न भने सकिएको थिएन । अस्पतालमा एपेन्डिक्स को शल्यक्रिया गराएकी चौतारा साँगाचोगढी नगरपालिका वडा नं. ६, गौरतीकी छलीमाया तामाङले सस्तोमा भरपर्दो सेवा पाएपछि आफु खुसी भएको वताएकी छिन् । यसअघि धुलीखेल अस्पतालमा शल्यक्रियाको लागि गएपनि १ लाख खर्च लाग्ने भएपछि उनी उपचार नगरी फर्केकी थिइन् । ‘धुलीखेलमा १ लाख पर्छ भनेको थियो, तर यहाँ ७ हजारमै अप्रेसन भयो ’ तामाङले खुसि हुदै भनिन् ‘अब त चौतारा अस्पतालमै उपचार गर्न अरुलाई पनि प्रेरीत गर्छु ।’
अस्पतालमा प्रसुती, हर्नीया, हाइड्रोसिल, पाठेघर खस्ने लगाएतका स्त्री तथा प्रसुती रोगको शल्यक्रिया सरकारी मुल्यमा गर्ने गरीएको अस्पतालका प्रमुख डा. सुरेन्द्र चौरासीयाले बताए । अब छिटै आन्द्रा र पेटको समेत शल्यक्रिया गर्ने योजना अस्पतालको छ । अस्पतालमा प्रसुती हुन नसकेकाको लागि भने निशुल्कः शल्यक्रिया गरीनेछ । यस सँगै अस्पतालले ५ प्रतिशत छुट सहित २४ घण्टे फार्मेसीको समेत शुरुवात गरेको छ ।