सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

सन्दिप लामिछानेले नाइट राइडर्सबाट सिपिएल खेल्ने

प्रकाशित समय: बुधवार, ११ : ०८ बजे जेठ १२ गते



सन्दिप लामिछानेले नाइट राइडर्सबाट सिपिएल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्नुहुने भएको छ । राइडर्सले उहाँलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो । 


लामिछानेले लगातार चौथो पटक सिपिएल खेल्ने अवसर प्राप्त गर्नुभएको हो । सन् २०१८ मा उहाँ पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्समा  पाँच हजार अमेरिकी डलरमा अनुबन्धित हुनुभएको थियो । 


लामिछानेलाई सन् २०१९ मा दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलरमा तथा सन् २०२० मा जमैका तल्लावाहजमा ९० हजार अमेरिकी डलरमा अनुबन्धित हुनुभएको थियो । 


यस पटक लामिछानेको अनुबन्धित रकम खुलाइएको छैन । लामिछाने सम्मिलित हुने नाइट राइडर्सका कप्तानमा केइरन पोलार्ड तथा अन्य खेलाडीमा  सुनिल नराइन, दिनेश रामदिन, कोलिन मुरनो, ड्यारेन ब्राभो, लेन्ड सिमोन्स, सिकन्दर राजा, अखिल हुसेन, ख्यारी पिएरेलगायत रहनुभएको छ । 


गत वर्षको सिपिएलमा लामिछानेले जमैकाका लागि ११ खेलमा १२ विकेट लिनुभएको थियो । हालसम्म खेलेको सिपिएलका तीन वटै संस्करणमा उहाँले ३३ विकेट लिइसक्नुभएको छ । सन् २०२१ को सिपिएल आगामी अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सञ्चालन हुने छ ।