सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ६ मंसिर २०७५ / Thursday, 22 November 2018

आई डव्लु एफ एन कराँते डो संघ ललितपुरमा प्रविण स्याङतान

..
प्रकाशित समय: शनिवार, ०६ : ४६ बजे जेठ २० गते



आई डव्लु एफ एन कराँते डो संघ ललितपुरमा प्रविण स्याङतान

ललितपुर २० जेठ, आई डव्लु एफ एन कराँते डो संघले ललितपुरमा नयाँ शाखा गठन गरेको छ । २०७४ साल जेठ २० गते गोदावरी नगरपालिकाको १४ नं वडामा जिल्ला भर रहनु भएका प्रशिक्षक खेलाडीहरु र खेल प्रेमीहरुको भेलावाट नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । कराँते डो संघका केन्द्रिय उपाध्यक्ष केदार शर्माको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद विकास समिति ललितपुरका अध्यक्ष हेराकाजी महर्जनको रोहवरमा ललितपुर शाखा गठन भएको हो । भेलावाट अध्यक्षमा प्रविण स्याङतान, उपाध्यक्ष हरि पहरी, सचिव सनम थिङ तामाङ, सह सचिव लक्ष्मी तामाङ, कोषाध्यक्ष पुजा सिल्वाल, सदस्यहरुमा क्रमशः मनिषा मगर, शुभ सिल्वाल, शुशिला तामा तामाङ र दिपिका पुरी चयन भएका  छन् । नयाँ कार्य समितिमा चयन भएका अध्यक्ष प्रविण तेक्वान्डोवाट व्ल्याक बेल्ट सम्मको प्रशिक्षण लिई विभिन्न ठाउँमा खेल अभ्यास गरीरहेका खेलाडी हुन् । उनले आई डव्लु एफ एन कराँते डोवाट टुडन सम्मको उपाधि हात पारि सकेका छन् ।