सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ आश्विन २०८१ / Monday, 07 October 2024

शिव घिमिरेको नयाँ गीत “नेपाली कांग्रेस जिन्दावाद”बजारमा

प्रकाशित समय: शनिवार, ०९ : २० बजे बैशाख ३० गते



शिव घिमिरेको नयाँ गीत “नेपाली कांग्रेस जिन्दावाद”बजारमा

वैशाख ३०,नेपाली कांग्रेसको १३ औँ महाधिवेशनलाई लक्षित गरि कवि तथा साहित्यकार शिव घिमिरे (सिमान्त उदास) ले रेकड गरेको गीत भर्खरै बजारमा आएको छ । अधिवेशनको समयमा रेकर्ड गरिएको उक्त गीत चुनाव लक्षित गीत भएका कारण रेकर्डिङ् स्टुडियो म्युजिक बैंक नेपालले भने भर्खरै बजारमा ल्याएको छ । लय, शब्द, संगित शिव घिमिरे(सीमान्त उदास) रहेको गीतमा स्वर पनि बरिष्ठ लोक गायिका राधिका हमालका साथमा सीमान्त उदासको रहेको छ । चुनाव लक्षित गीत भएको कारण पहिले रेकर्ड गरिएको गितलाई म्युजिक बैंक नेपालले थोरै परिर्माजन सहित बजारमा ल्याएको छ । गीतको एरेन्जर महेश पुन मिक्सिङ्ग कृष्ण पुनले गरेका छन् । गीतको शुरुमा भर्खरै परिमार्जन गरिएको “कांग्रेसको नेतृत्वमा शान्ति र संविधान कांग्रेसकै नेतृत्वमा संमृद्धिको अभियान”भन्ने स्वर नेपाल सांस्कृतिक संघ ललितपुरका सचिव केदारनाथ दहालले दिएका छन् । साथमा जय नेपाल, जय नेपालको नारा लगाएका महाँकाल ५, चन्दनपुरका कांग्रेस इकाई सभापति खोम प्रसाद दहाल तरुण दल इकाई अध्यक्ष आइसिङ वाइवा लामा उपाध्यक्ष भिम प्रसाद दहालले यो गीत रेकडिङलाई ठुलो सहयोग गर्नु भएको गायक घिमिरेले बताउनु भयो ।

 

“नेपाली कांग्रेस जिन्दावाद”बोलको गीत निर्माण गर्न र हौसला प्रदान गर्न नेपाली कांग्रेस ललितपुर क्षेत्र नंम्बर १ का क्षेत्रिय सचिव सुन्दरमान थिङ (तामाङ्ग) ले गर्नुभएको सहयोग कहिल्यै भुल्न नसकिने बताउनु भयो । मित्र झन्जबहादुर गोलेले पनि ठुलो सहयोग गर्नु भएको घिमिरेले बताउनु भयो । ललितपुरको दक्षिणी भेग चन्दनपुरमा जन्मनु भएका गायक शिव घिमिरे सानै देखि कविता लेख्ने विद्यालयको सांस्कृतिक कार्याक्रममा सधै भाग लिने र प्रथम हुने गरेका थिए । पछिल्लो समयमा कविता संगै गजल संग्रह तयार पारेका गायक घिमिरेको कविता र गजलहरु कति प्रकाशित भएका छन त धेरै  प्रकाशित हुन बाँकी छन् ।

घिमिरे सुनगाभा साहित्य सदन ललितपुरको संस्थापक आजिवन सदस्य हुन् ।