सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ माघ २०८१ / Tuesday, 14 January 2025

ललितपुरको लिटिल एन्जल्स स्कुल अगाडिको सडकमा जेब्रा क्रसिङ निर्माण गर्दै मजदुरहरु

प्रकाशित समय: बिहिवार, ०७ : २७ बजे असार १ गते



ललितपुरको लिटिल एन्जल्स स्कुल अगाडिको सडकमा जेब्रा क्रसिङ निर्माण गर्दै मजदुरहरु

ट्राफिक प्रहरीले जेठ १६ गतेदेखि उपत्यकामा जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने नियम लगाएको छ । यो नियम पालना नगर्नेले रु २०० जरिवाना तिर्ने गरेका थिए तर गृहमन्त्री जनार्दन शर्माले पैदल यात्रीसँग लिने गरेको जरिवाना तत्काल रोक्न ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ । साथै विद्यालय,यात्रुको ओहोरदोहोर बढि हुने सार्वजनिक स्थल जस्ता स्थानमा थप जेब्रा क्रसिङ निर्माण गर्ने निर्णय गरेको छ ।