सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १३ आश्विन २०८० / Saturday, 30 September 2023

काठमाडौं उपत्यकाका ३० प्रतिशत भान्छामा पाक्ने तरकारी



प्रकाशित समय: बिहिवार, ०८ : १६ बजे असार १ गते



काठमाडौं उपत्यकाका ३० प्रतिशत भान्छामा पाक्ने तरकारी

काभ्रे,१आषाढ काठमाडौं उपत्यकाका ३० प्रतिशत भान्छामा पाक्ने तरकारीको हिस्सा पाँचखाललगायत काभ्रेका विभिन्न क्षेत्रबाट जाने तरकारीले ओगटेको छ। विषादीकै कारण काठमाडौंको बजार गुम्यो भने त्यसले जीवनयापनमा पार्ने असरलाई लिएर यहाँका किसान सजग हुन थालेका छन् । पाँचखाल उपत्यकाको होक्से, देवभूमि बालुवा, अनेकोट, जैसीथोक, पाँचखाल र छिमेकी महादेवस्थान गाविसमा ९ हजारभन्दा बढी कृषक तरकारी खेतीमा आबद्ध भएको एक अध्ययनले देखाएको छ।