सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ४ आश्विन २०८० / Thursday, 21 September 2023

एसईईको परीक्षाफल प्रकाशित



प्रकाशित समय: शुक्रवार, ११ : ०२ बजे असार २ गते



एसईईको परीक्षाफल प्रकाशित

काठमाडौं २असार।माध्यमिक तहको परीक्षा एसईईको परीक्षाफल सार्वजनिक भएको छ । शुक्रबार विहान ८ बजे राष्ट्यि परीक्षा बोर्डको बैठक बसी परीक्षा फल सार्वजनिक गरेको हो । कूल ४ लाख ४५ हजार ५ सय ६४ परीक्षार्थी संलग्न भएको परीक्षामा ए प्लस ग्रेड अर्थात् ३.६५ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या १२ हजार दुई सय ८४ जना रहेको बोर्डले जनाएको छ । कूल परीक्षार्थी मध्य २ सय १९ जनाको परीक्षा रद्ध गरिएको छ । परीक्षामा सी र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने छन् । एसईईको परीक्षाफल नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np, परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np, राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np, मा search गरेर सिम्बल नम्बर राखी websiteमा पनि हेर्न सकिन्छ ।