एजेन्सी । इटली युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।आज बिहान इङ्ग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनल खेलमा तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटली फाइनलमा प्रवेश गरेको हो ।
टाइब्रेकरमा स्पेन चार दुई गोलले पराजित भयो ।खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा एक एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई एक एक गोलको बराबरीमा फर्काए । इटलीले सुरुवाती अग्रता जोगाउन सकेन।
यो जितसँगै इटली उपाधि नजिक पुगेको छ । अब इटलीले उपाधिका लागि इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कको खेल आज राति पौने एक बजे वेम्बलीमा हुँदैछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ