सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

डेनमार्कलाई हराउँदै इङ्ग्ल्यान्ड युरो कपको फाइनलमा

प्रकाशित समय: बिहिवार, ०८ : २७ बजे असार २४ गते



डेनमार्कलाई हराउँदै इङ्ग्ल्यान्ड युरो कपको फाइनलमा

एजेन्सी । इङ्ग्ल्यान्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । डेनमार्कलाई २–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।

घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे । इंग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो ।डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे ।रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो । ३० औं मिनेटमा युवा खेलाडी डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।

अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ  ।