सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

इजरायलले दिएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

प्रकाशित समय: बिहिवार, १२ : ५९ बजे असार २४ गते



इजरायलले दिएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

असार,२४ काठमाडौं ।इजरायलले नेपाललाई २० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यका अनुसार ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आईसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित सामग्री सहयोग गरेको हो ।नेपाल वायुसेवा निगमको चार्टड फ्लाइटमार्फत ती सामग्रीसहित बिहीबार विहान सवा ११ बजे काठमाडौं ल्याइएको छ । 

ती स्वास्थ्य सामग्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप प्राप्त भएका हुन्।