ललितपुर २ आषाढ, बागमति गाँउपालिका वडा न.३ भट्टेडाँडा रहेको प्रगतिशिल युवा क्लवले आज जेष्ठ नागरिक,एकल महिला सम्मान तथा बागमति गाँउपालिकाको तर्फबाट स्थानिय तहमा निर्वा्चित जन प्रतिनिधिहरुलाई सम्मान तथा बधाई कार्यक्रम को आयोजना गर्यो । शुशिल खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि माननीय सांसद उदय शम्शेर राणाले गर्नुभएको थियो । विशेष अतिथि माननीय सांसद शुशिला नेपाल अतिथि बागमति गाँउपालिका प्रमुख बिरबाहादुर लोप्चन उप प्रमुख रन्जना घिमिरे, ने.वि.संघका पूर्व केन्द्रिय सदस्य बिमल चन्द्र विष्ट, ने.का.क्षेत्र न.१ का पूर्व क्षेत्रिय सहसचिव ज्ञान ब. लोले आतिथ्यता गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायत उपस्थीत सम्पुर्ण महानुभावहरुलाई क्लवका उपाध्यक्ष दिपक घिमिरे समिरले उपस्थीत सम्पुर्णमा धन्यवाद ज्ञापन तथा स्वागत मन्तव्य राख्नुभएको थियो । बागमति गाँउपालिकाका वडा न.३ भट्टेडाँडाभित्र रहेका जेष्ठ नागरिक,एकल महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै बागमति गाँउपालिकाको तर्फबाट स्थानिय तहमा निर्र्वािचत गाँउपालिका प्रमुख, उप प्रमुख गाँउपालिका भित्र रहेका सातवटै वडाका वडा अध्यक्ष ,दलित महिला सदस्य, महिला सदस्य, खुल्ला सदस्यसहित बिजयी ३७ जना जन प्रतिनिधिहरुलाई खादा ओढाई प्रशंसा पत्र वितरण गरि सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रम पछि बोल्नुहुदैं प्रमुख अतिथि माननीय सांसद उदय शम्शेर राणाले बिजयी जन प्रतिनिधिहरुले जनताको पीर मर्कालाई बुझेर काम गर्नुपर्ने बताउनुभयो । आफु सांसद भएपछि यसै क्षेत्रमा रहको कान्ति राजपथ सडक निर्माणले तिव्रता पाएको उल्लेख गर्नुहुदै सांसद गाँउपालिकामा पहिलाको भन्दा धेरै बजेट आउने भएकाले गाँउका सानातिना विकास निर्माण कार्यमा सहज हुने र ठुला योजनालाई आफैले प्राथमिकतामा राखि केन्द्रिय स्तरमा पहल गर्ने बताउनु भयो । राणाले टुगुन करिडोरको ट्रयाक खोल्ने काम लगभग सकिएकोले अब कालो पत्रे गर्न प्रक्रिया अगाडि बढाउने पनि बताउनु भयो । २०६६ सालमा स्थापना भएको प्रगतिशिल युवा क्लवले प्रत्येक वर्ष भट्टेडाँडाभित्र रहेका जेष्ठ नागरिक,एकल महिलाहरुलाई सम्मान गर्दै आएको क्लवका उपाध्यक्ष दिपक घिमिरे समिरले बताउनु भयो । क्लवलाई सांसद उदय शम्शेर राणाले गत वर्ष संसदिय क्षेत्र विकास कोष मार्फत एक लाख रुपैया सहयोग गर्नुभएको थियो । राणको सहयोग र अन्यत्रबाट आर्थिक सहयता जुटाइ क्लवले भट्टेडाँडाको छपेलीमा आफ्नै भवन निर्माण गरेको छ । फोटोः– दिपक घिमिरे समिर र ज्ञान ब. लोको फेसवुकबाट ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2024. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--