मिडिया सञ्चार संवाददाता ललितपुर,३ असार महानगरीय प्रहरी बृत्त चापागाउँ, मंगलबजार, बालकुमारी र बाँगेगाउँ प्रभागबाट खटिएका नेपाल प्रहरी तथा रेडक्रस, काठमाण्डौ युनिभर्सिटी, एन.सि.टी. कलेज, स्थानिय भद्रभलादमी समेतको संयुक्त प्रयासले गाँजा फँडानी गरेको जनाएको छ । प्रहरीका अनुसार ग्वार्को,बाफल,बडिखेल, ठैब, झरुवारासी, चापागाँउ क्षेत्रमा प्राकृतिक रुपमा उम्रिएका अन्दाजी ३५,३०० भन्दा बढि गाँजाका बोट फँडानी गरिएको जनाएको छ । अन्यत्र पनि गाँजाका बोट–बिरुवा भएको जानकारी आएमा फँडानी कार्यलाई अगाडि बढाउने महानगरिय प्रहरी बृत्त चापागाउँले जानकारी दिएको छ । साथै त्यस्ता क्षेत्र भेटिएमा नजिकको प्रहरी कार्यलयलाई सूचना दिन प्रहरीले भनेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ