काठमाडौँ, २७ असार । देशव्यापी गुर्जो रोपणको अभियान चलाउनुभएका अभियानकर्मी कमलबहादुर राजलवटको नेतृत्वमा ललितपुरका पाँच स्थानमा ५०० बोट गुर्जो रोपण गरिएको छ । गोदावरी नगरपालिका–१ गोदामचौर, २ को विशङ्खुनारायण, ४ को बडीखेल, ९ को छम्पी र वडा नं १४ को ठैब क्षेत्रमा १००/१०० गरी ५०० बिरुवा शनिबार रोपिएको हो । गोदावरी सरोकार समाजको सक्रियतामा नगरपालिकाका पाँच स्थानमा गुर्जो रोपिएको अभियानकर्मी राजलवटले जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, अभियानकर्मी राजलवट र समाजका अध्यक्ष बेबी राजभण्डारीले औषधीय गुणले युक्त वनस्पति गुर्जोका बारेमा स्थानीयवासीलाई जानकारी गराउनुभएको थियो । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने गुर्जोबाट बनेका परिकारको नियमितरूपमा मात्रा मिलाएर सेवन गरेमा कोरोनाजस्ता भाइरसले आक्रमण नगर्ने जनाइएको छ ।
कार्यक्रममा गुर्जोबाट बनेको चिया र धुलो औषधिको प्याकेट वितरण गरिनुका साथै तयारी चियासमेत सेवन गराइएको जनाइएको छ । उच्च रक्तचाप, मधुमेह, कब्जियतलगायत रोगका लागि फाइदा गर्ने गुर्जो गर्भवती र पाँच वर्षमुनिका बालबालिकाले भने खान नहुने आयुर्वेद चिकित्सकको भनाइ छ । न्यून रक्तचाप भएकाले भने बिरेनुन वा नुन मिलाएर खान सकिने अभियानकर्मी राजलवट बताउनुहुन्छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ