सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ आश्विन २०८१ / Monday, 07 October 2024

पेट्रोलको भाउ घट्यो

प्रकाशित समय: शनिवार, ०७ : ५३ बजे असार ३ गते



पेट्रोलको भाउ घट्यो

मिडिया सञ्चार संवाददाता काठमाण्डौ, ३ असार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर डेढ रुपैया घटाएको हो । घटेको मूल्य अनुसार पेट्रोल प्रतिलिटर सय रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ७६ रुपैयाँमा बिक्री हुने निगमका प्रवक्ता सिताराम पोखरेलले बताए । नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ६९ पैसा, डिजेलमा प्रतिलिटर १ रुपैयाँ ४७ पैसा र मट्टितेलमा प्रतिलिटर १७ रुपैयाँ ४५ पैसा नाफा हुनेछ । हाल निगमले प्रत्येक १५ दिन ३८ करोड नाफा गरिरहेको छ । निगमले खाना पकाउने ग्यासको सिलिन्डर १३ सय ७५ मूल्य कायम गरेको छ । यसमा उसलाई प्रतिसिलिन्डर करिब ४० रुपैया नाफा रहन्छ ।निगमले पुस महिनायता पहिलोपटक मूल्य समायोजत गरेको हो । निगमले २०७२ असोजदेखि पेट्रोलियम पदार्थको समायोजित मूल्य कायम गर्दै आएको थियो । प्रवत्ता पोखरेलले भारतीय आयल कर्पोरेसनबाटै पेट्रोलियम पदार्थको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको जानकारी दिए ।