सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

इंग्ल्यान्डलाई हराउँदै इटाली युरोकपको च्याम्पियन

प्रकाशित समय: सोमवार, ०९ : २६ बजे असार २८ गते



इंग्ल्यान्डलाई हराउँदै इटाली युरोकपको च्याम्पियन

काठमाडौं।घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औँ संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ ।

गएराति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । यो उपाधिसँगै इटालीलाई दोस्रो पटक युरोकपको बिजेता बनेको छ ।  यस अघि इटालीले १९६८ मा युरो कपको उपाधि जितेको थियो । पहिलो पटक युरोकपको फाइनलमा पुगेको इंग्ल्यान्ड भने उपाधी जित्न असफल भएको छ ।वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।