–नारायण अधिकारी
चितवन, २८ असार।भरतपुरमा कोरोना भाइरस– १९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमूनामा नयाँ भरियन्ट पत्ता लागेको हो ।
सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमूना मध्ये दुई नमूनामा डेल्टा ९द्य।ज्ञ।टज्ञठ।द्द(ष्पिभ० प्रमाणित भएको जनाएको छ ।
अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसरी पठाइएका नमूना भरतपुर महानगरपालिकाभित्रका भएको जनाइएको छ । कोरोनाको पहिलो लहरको अल्फा भेरियन्टभन्दा कोरोनाको डेल्टा भेरियन्ट बढी सङ्क्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको वरिष्ठ कन्सल्टेन्ट फिजिसियनसमेत रहनुभएका उहाँले जानकारी दिनुभयो ।
डेल्टा भेरियन्टले बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका व्यक्तिलाई उच्च सङ्क्रमण गर्ने र फोक्सोमा बढी असर पार्नसक्ने क्षमता भएको विज्ञले बताएका छन् । विज्ञप्तिमा सम्पूर्ण नागरिकलाई त्रसित नभई उच्च सतर्कताका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिलसमेत गरिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ