काठमाडौँ, १ साउन ।नेपालमा शुक्रबार थप २ हजार ९ सय ३६ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको ९ हजार ६ सय १३ पिसिआर परिक्षणका क्रममा २ हजार ६ र ४ हजार ५ सय ६९ एन्टीजेन परिक्षणका क्रममा ९३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ९ हजार ५ सय ६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप १ हजार ७ सय ७५ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ६ लाख २८ हजार २४३ संक्रमित निको भएका छन् । हाल नेपालमा २६ हजार ८२७ सक्रिय संक्रमित आइशोलेशन र ३२१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ५६ हजार १९९ वटा पिसिआर र २ लाख ५६ हजार ६२३ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ