झापाको कमल गाउँपालिकाको अध्यक्षमा गोलाप्रथामार्फत एमालेकी मेनुका काफ्ले चयन हुनुभएको छ । काफ्ले र नेपाली कांग्रेसका हुकुमसिंह राईले अन्तिम मतपरिणाममा समान ८ हजार २ सय ७५ मत प्राप्त गरेपछि अन्तिम निर्णय गोलाप्रथाबाट गरिएको थियो । सहायक निर्वाचन अधिकृत राजकुमार शाक्यका अनुसार शुरुमा काफ्लेलाई गोला तान्न दिइएको थियो । उहाँले सुरुमै गोला आफ्नो पक्षमा पार्न सफल हुनुभएको हो । योसंगै काफ्ले स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर १ बाट प्रमुख पदमा निर्वाचित हुने पहिलो महिला बन्नुभएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ। गाउँपालिकाको उपाध्यक्षमा एमालेकै बेदु सिवाकोटीले ९ हजार ४ सय १८ मत प्राप्त गरी विजयी भईन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपा गौतमले ४ हजार ९ सय ९२ मत प्राप्त गरिन् । कान्तिपुरमा समाचार छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2024. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--