ललिततपुर असार ३० शुक्रबार । महाङ्काल गाउँपालिकाको आ.व. २०७४/०७५ को वार्षिक नीति, कार्यक्रम तथा बजेट घोषणा कार्यक्रम सम्पन्न भएको छ । मिति २०७४ साल असार ३० शुक्रबारको दिन गोटीखेल ललिततपुरमा भएको कार्यक्रममा कुल बजेट १९ करोड ३३ लाख २१ हजार बजेट प्रस्तुत गरिएका थियोे । जसमा चालु खर्च २ करोड ५० लाख, सशर्त तर्फ विषयगत कार्यालयको लागि खर्च ८ करोड ७८ लाख २१ हजार, गाउँपालिकास्तरीय कार्यक्रमको लागि ३ करोड ३७ लाख र ६ वटा वडाको लागि प्रति व डा ७८ लाखको दरले ४ करोड ६८ लाख विनियोजन गरिएको छ । आ.व. २०७४/०७५ को वार्षिक नीति, कार्यक्रम तथा बजेट गाउँपालिकाका उपाध्यक्ष कमला लामा तामाङले प्रस्तुत गर्नुभएको थियो । महाङ्काल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महाङ्काल गाउँपालिकाका कार्यकारी अधिकृत राजन थापाले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि ललिततपुर क्षेत्र नं. १ का सांसद उदय शमसेर राणाले निर्वाचित अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष लगायत सम्पुर्ण सदस्यहरुलाई बधाई दिदै छोटो समयमा वार्षिक नीति, कार्यक्रम तथा बजेट ल्याएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले फरक राजनीतिक दल र आस्था भएका प्रतिनिधि चुनिएर आएको भएता पनि विकासका मुद्दामा सबै एक ठाउँमा उभिनुको विकल्प नरहेको बताउनु हुदै बजेट बाँडेर मात्रै विकास नहुने हुदाँ बजेटको सहि सदुपयोग भएको नभएको हेर्ने जिम्मेवारी गाउँपालिकाको भएको बताउनु भयो । कार्यक्रममा स्थानीय स्तरका विभिन्न सरकारी कार्यालयका मालपोत,नापी,वन,पशु स्वास्थ्य प्रमुखहरु,प्रतिनिधीहरु,संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय नागरिकको बाक्लो उपस्थिति थियो ।
महाङ्काल गाउँपालिकाको आ.व. २०७४/०७५ को वार्षिक नीति, कार्यक्रम तथा बजेट कहाँ के कति पुरा पढ्नुहोस् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2022. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल