सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ६ मंसिर २०७५ / Thursday, 22 November 2018

सिन्धुपाल्चोकमा फेरि विपत ?

..
प्रकाशित समय: सोमवार, ०७ : २९ बजे श्रावण ९ गते



सिन्धुपाल्चोकमा फेरि विपत ?

मिडिया सञ्चार संवाददाता

सिन्धुपाल्चोक साउन ९ । नेपाल चीन सिमानामा आएको भीषण बर्षाका कारण लार्चा पुल बगाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ३ मा रहेको कोदारी राजमार्ग अन्तर्गत लार्चा पुल माथिको डाँडा भत्किएर पहिरो गई लार्चा पुल भाँचिएको हाम्रा स्थानिय सहकर्मी मित्रले जानकारी दिनुभयो । भाँचिएको पुल माथि रोकिएको पहिरो जाम भइ पानी जम्मा भएको र पुल बगाएको बताउनुभयो । पुल बगाएपछि तातोपानी लिपिङ्गसँगको यातायात सम्बन्ध टुटेको छ । लार्चाको तल्लो क्षेत्रमा स्थिति सामान्य रहेको छ । त्यहाँको स्थानिय प्रशासनले सबैलाई सुरक्षित र संयम् रहन आग्रह गरको  गरको छ । विगत केहि वर्ष देखि सिन्धुपाल्चोकमा लगातार प्राकृतिक विपति भइरहेको छ ।