सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ माघ २०८१ / Tuesday, 14 January 2025

सुमित्रा कोइराला(दहाल)को तीज गीत “फूल जस्तो जोवन”बजारमा

प्रकाशित समय: बुधवार, ०९ : २२ बजे श्रावण ११ गते



सुमित्रा कोइराला(दहाल)को तीज गीत “फूल जस्तो जोवन”बजारमा

मिडिया सञ्चार डटकम श्रावण ११,काठमाण्डौं । हिन्दु नारीहरुको विषेश चाडको रुपमा रहेको चाड हरितालिका तीज आउन एक महिना मात्र वाँकी छ । तर सांगितिक बजार भने अहिलै तीजमय बनेको छ । कलाकारहरुलाई यतिखेर भ्याइनभ्याई नै छ भन्नुपर्छ । कलाकारहरु व्यस्त हुने समय महोत्सव पछाडि तीज नै हो । यो समय कलाकारको राम्रो कमाइ हुने समय पनि भन्दा फरक नपर्ला ।

बजार भनेजस्तो तीज गीत नआएको गुनासो राख्ने दर्शक स्रोताहरुको गुनासो मेटाउन चर्चित गायिका सुमित्रा कोइराला(दहाल)ले यसपाली पनि तीजको अवसर पारेर “फूल जस्तो जोवन” बोलको गीत बजारमा ल्याएकी छिन् ।अघिल्लो तीजमा “गाँजले आँखाले” बोलको गीत बजारमा ल्याएर चर्चा कमाएकी गायिका कोइराला(दहाल)ले यसवर्ष पनि दर्शक स्रोताको मन जित्न सकिने विश्वासमा छिन् । शब्द लय संगीत सुमित्रा कोइराला(दहाल)कै रहेको गीतमा स्वर पनि बरिष्ठ लोक गायिका कोमल वलीको साथमा सुमित्रा कोइराला(दहाल)को रहेको छ । कामना डिजिटलको प्रस्तुतीमा मालाश्री रेकर्डस मा रेकर्ड गरिएको गीतको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहान गीतको एरेन्जर सुदिप सागरले गरेका छन् । बासु बरालले छायांकन गरेको भिडियोमा बरिष्ठ लोक गायिका कोमल वली, गायिका सुमित्रा कोइराला(दहाल), रिना थापामगर, ऋतु तामाङ्ग, कृष्ण सापकोटा, र सुयोग श्रेष्ठको अभिनय रहेको छ । पुरा भिडियो हेर्नुहोस्