काठमाडौँ, ७ साउन।नेपालमा विहीबार थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ९ हजार १ सय २२ पिसिआर परिक्षणका क्रममा १ हजार८ सय ५५ र ३ हजार ७ सय ७ एन्टीजेन परिक्षणका क्रममा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १६९ पुगेको छ । त्यस्तै थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ६ सय ६१ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप १ हजार २ सय ८८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३७ हजार ६९० संक्रमितले कोरोना जितेका छन् । हाल २७ हजार ३७५ संक्रमित आइशोलेशन र २९१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख ४ हजार १९१ वटा पिसिआर र २ लाख ७८ हजार ५६९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ