श्रावण २८, २०७४- राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधन विधेयक मतदानमा लैजाँदा जस्तो परिणाम आए पनि त्यसलाई स्विकारेर चुनावमा भाग लिने सहमति गरेको छ । सरकार र राजपाबीच शुक्रबार बालुवाटारमा भएको बैठकमा संविधान संशोधन विधेयक मतदानमा लैजाने र सरकारले गर्नुपर्ने बाँकी काम पूरा गरेपछि चुनावमा जाने समझदारी भएको हो ।असोज २ मा हुने प्रदेश २ तथा त्यसलगत्तै हुने प्रदेश र केन्द्रीय संसदका चुनावका लागि राजनीतिक वातावरण निर्माण गर्न यो सहमतिलाई दुवै पक्षले ऐतिहासिक मानेका छन् । सर्वोच्च अदालतले बिहीबार स्थानीय तहको संख्या बढाउन सरकारलाई बाटो खोलिदिएपछि शुक्रबारको बैठकमा राजपाका नेताहरूको प्रस्तुति नरम बनेको थियो । कान्तिपुरमा समाचार छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--