एजेन्सी ।३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा चीन ३ स्वर्ण पदकसहित अग्रस्थानमा छ ।
जापानमा जारी टोकियो ओलम्पिकको दोस्रो दिनसम्म ११ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा ९ राष्ट्रले स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकको दोस्रो दिन २८ राष्ट्रले पदक जित्दा पदक तालिकामा चीनले अग्रता बनाएको छ । चीनले हिजो ३ स्वर्ण र १ कास्य पदक सहित कुल ४ पदक जितेको छ । यस्तै इटली १ स्वर्ण र १ रजत सहित कुल २ पदक जित्दै दोस्रो स्थानमा रहेको छ भने आयोजक जापान १ स्वर्ण र १ रजतसहित २ पदक जितेर तेस्रो स्थानमा रहेको छ । ओलम्पिकको दोस्रो दिन १ स्वर्ण जित्ने अन्य राष्ट्रमा दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्याण्ड रहेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ