सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, २० कार्तिक २०८१ / Tuesday, 05 November 2024

चन्दनपुर युवा क्लवको तीज विषेश साँस्कृतिक कार्यक्रम

प्रकाशित समय: शनिवार, ११ : २७ बजे श्रावण २८ गते



चन्दनपुर युवा क्लवको तीज विषेश साँस्कृतिक कार्यक्रम

मिडिया सञ्चार डटकम श्रावण २८,ललितपुर । चन्दनपुर युवा क्लवले हिन्दु नारीहरुको विषेश चाडको रुपमा रहेको चाड हरितालिका तीज को अवसर पारेर तीज विषेश साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । महाङ्काल गाउँ पालिका वडा न. ५ चन्दनपुरमा कार्यालय रहने गरि जिल्ला प्रशासन कार्यालय ललितपुरमा २०७३/०२/१० दर्ता न. ४३६०/०७२ मा स्थापना भएको क्लवले अघिल्लो वर्षको तीजमा पनि तीज विषेश साँस्कृतिक कार्यक्रम गरेको थियो । क्लवले स्थापनाको समय देखि सामाजिक सेवाका अतिरिक्त विभिन्न संघसंस्था व्यक्तिसँग मिलेर विद्यालयहरुमा स्वइटर,झोला वितरण गर्दै आएको छ ।

लोक पञ्चे बाजाको संरक्षण गर्ने उदेश्यका साथ गत वर्ष स्थानिय युवाहरुलाई पञ्चे बाजा वितरण गरेको थियो ।Cyc Chandanpur सामाजिक रुपान्तरणका लागि चन्दनपरु युवा क्लव भन्ने मुल नाराका साथ हुने तीज विषेश साँस्कृतिक कार्याक्रममा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने अध्यक्ष जीवनाथ घिमिरेलेवताउँनु भयो । कार्यक्रममा बहुचर्चित लोक दोहोरी गायक भोजराज काफ्ले, चर्चित लोक दोहोरी गायिका गीता देवि, गायक तथा सुइरो टेलिफिल्मका निर्देशक विदुर घिमिरे, लोक दोहोरी गायिका वर्षा सिल्वाल, लोक दोहोरी गायक दुर्गा श्रेष्ठ, हाँस्य कलाकार आर. बी.शर्मा र विनोद कुवँर को प्रस्तुति रहने छ ।गायक तथा सुइरो टेलिफिल्मका निर्देशक विदुर घिमिर यस क्लबका सचिव समेत हुनुहुन्छ । २०७४ भाद्र ९ गते महाङ्काल गाउँ पालिका वडा न. ५ चन्दनपुर, ओखलढुङ्गामा १० बजेबाट सुरु हुने कार्यक्रममा दर्शकहरुको बाक्लो उपस्थिति रहने क्लवको दावि छ । उक्त दिनको कार्यक्रमलाई लिएर क्लवले प्रचारपसारलाई तिव्र पारेको छ ।