सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १५ बैशाख २०८२ / Monday, 28 April 2025

ज्यानको बाजी राख्दै राहत बाँड्न डा. शेखर कोइराला

प्रकाशित समय: आइतवार, ०९ : ०१ बजे श्रावण २९ गते



ज्यानको बाजी राख्दै राहत बाँड्न डा. शेखर कोइराला

काठमाडौं २९ श्रावण । नेपाली कांग्रेसेको केन्द्रीय कार्यसमिति बैठकले वाढीपिडितको राहतका लागि व्यबस्थापिकामा प्रतिनिधित्व गर्ने २०७ जना सांसदको एक महिना बराबरको तलब दिने निर्णय हुदै गर्दा कांग्रेस नेता डा. शेखर कोइराला भने उद्धार र राहतका लागि राहत सामाग्री लिएर सेनाको हेलिकप्टर मार्फत विराटनगर पुग्नुभएको छ ।

नेपाली काँग्रेसका नेता डा शेखर कोईराला प्रतिकूल मौसमका कारण पनी ज्यानको बाजी लगाउँदै यतिबेला बिराटनगर पूगेका छन। काठमाडौ बाहिर रहेका डा कोईराला तराईमा बाढीको खबर सूने लगत्तै शनिबार बिहान राजधानी आएर बिराटनगर जाने तयारीमा शनिबार दिनभर २ वटा हेलिकप्टर स्टान्डबाई राखेर बसे तर बिराटनगर जान सम्भव थिएन । आईतबार सबेरै देखी गृहमन्त्री, रक्षामन्त्री लगायत सूरक्षा निकायका उच्च पदाधिकारीहरूसँग उद्धारका बारेमा छलफल जारी राखे तर प्रतीकूल मौसमका कारण पूर्वी तराई जान नसक्ने जवाफ दिंदै गृहमन्त्री पश्चिम तराईतर्फ लागेपछी नेपाली सेनाको हेलिकप्टरमा उद्धार सामग्री लिएर शेखर कोईराला बिराटनगरतर्फ लागे। सिंगो मोरंगभरी हेलिकप्टर ल्यान्ड गर्ने स्थान थिएन। जसका कारण नेपाली सेनाको पूर्बी पृतना ईटहरीमा हेलिकप्टर ल्यान्ड भयो। ईटहरी उत्रे लगत्तै डा कोईरालाले पृतनापतीलाई सूरक्षा संयन्त्रलाई बैठक राख्न लगाए र उद्धार र राहत बितरणबारे जानकारी लिएर प्रभावित क्षेत्रतर्फ लागे।

कोईरालाले मोरंगको बाढी प्रभावित क्षेत्रहरू( बिराटनगरको रामपूर, झरनाटोल, केशलिया रोड, बूढीगंगा गाउँपालिकाको मूढेरी, बौराहा,दिपूटोल लगायतका स्थानको अवलोकन गर्नूभयो। सो क्रममा डा कोईराला अत्यन्तै भावबिह्वल देखिनूभएको थियो। डा कोईराला केही दिन बिराटनगर बस्ने कार्यक्रम रहेको छ। बाढी प्रभावित क्षेत्रमा पूग्ने शेखर कोईराला पहिलो नेता हून।