एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने भएकी छिन् । गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । प्रतिस्पर्धा अन्तर्गत गौरिका हिट १ मा रहेकी छिन् । यस हिटमा ४ खेलाडी छन् । टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी छन् । अर्का खेलाडी एलेक्जेन्डर शाह भने हिजो नै प्रतिस्पर्धा गरिसकेका छन् । एक सय मिटर फ्रिस्टाइल ५३ दशमलव ४१ सेकेन्डमा पुरा गरेर राष्ट्रिय कीर्तिमान कायम गरेपनि उनी ओलम्पिकमा भने हिट चरणबाट बाहिरिएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ